punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पेट्रोल ट्यांकर त्रिशुली नदीमा खस्यो

Chaupati
safha napa

धादिङको गल्छीमा पेट्रोल ट्यांकर त्रिशुली नदीमा खसेको छ ।

ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो ।

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए ।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 


४ असोज २०७७, आइतवार १०:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु