विश्वभरि कोरोना संक्रमित ३ करोड माथि : कति पुग्यो निको हुने र मृत्यु हुनेको संख्या
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार हालसम्म बिश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७५ हजार ७७६ छ ।
कोरोना भाइरसकै कारण विश्वभर हालसम्म ९ लाख ६० हजार ८६३ जनाले ज्यान गुमाएका छन् भने विश्वभरका २ करोड २५ लाख ७५ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।
कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा आज बिहानसम्म २ लाख ३ हजार ८२४ जनाको ज्यान गएको छ । अमेरिकामा संक्रमितको संख्या ६९ लाख ६७ हजार ३८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४२ हजार ५२५ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ६५७ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि बढी संक्रमण फैलिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८६ हजार ७७४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ७५५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५३ लाख ५८ हजार २३० पुगेको छ ।
कोरोना प्रभावित विश्वको तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमित संख्या ४५ लाख २८ हजार ३४७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७०८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ५६५ पुुगेको छ ।
नेपालमा पनि शनिबार देशभर गरी २ हजार २०४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमित संख्या ६२ हजार ७ सय नाघेको छ । नेपालमा १७,१२९ जनामा सक्रिय संक्रमित छन । तीमध्ये ९,१५३ जना संस्थागत आइसोलेशनमा र अरू ७,९७६ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको निको हुनेको संख्या ४५,२६७ जना रहेको छ । यो संख्या कुल संक्रमित मध्ये ७२ प्रतिशत हो त्यसैगरी नेपालमा पनि ज्यान गुमाउनेहरुको संख्या भने ४०१ पुगेको छ ।
४ असोज २०७७, आइतवार ०९:२२ बजे प्रकाशित































