punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

Chaupati
safha napa

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १० लाख नजिक पुगेको छ ।

हालसम्म संक्रमित संख्या ३ करोड ९ नौला ८४ हजार नाघेको छ । जसमध्ये ९ लाख ६१ हजारको मृत्यु भइसकेको छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट मृतक संख्या बढ्दै गएको छ । मृत्यु हुनेहरुमा सबैभन्दा बढी अमेरिकी छन् । अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार नाघेको छ ।

भारतमा कोरोनाबाट ८६ हजार, ब्राजिलमा एक लाख ३६ हजार, रुसमा १९ हजार, पेरुमा ३१ हजार, कोलम्बियामा २४ हजार, मेक्सिकोमा ७३ हजार, दक्षिण अफ्रिकामा १५ हजार, स्पेनमा ३० हजार, फ्रान्समा ३१ हजार, बेलायतमा ४१ हजारको निधन भइसकेको छ ।

कोरोनाबाट मृतक संख्या बढिरहेकाले अबको केही दिनमै विश्वभर मृत्यु हुनेको संख्या १० लाख पुग्ने आँकलन गरिएको छ ।


४ असोज २०७७, आइतवार १०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु