नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय नाघ्यो, कुन जिल्लामा कति ?
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ । आज एकै दिन ११ जना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या चार सय एक पुगेको छ ।
आज आठ वटा जिल्लाका ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङमा ६५, रौतहटमा ५१, सर्लाहीमा ५६, ललितपुरमा ७६ र ६८ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।
गत २४ घण्टामा काठमाडौमा ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरमा ३७ वर्षीया महिला, रुपन्देहीमा ६९ वर्षीय पुरुष र बाँकेमा ४५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।
३ असोज २०७७, शनिवार १७:५१ बजे प्रकाशित































