punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा आज थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा जम्मा ३९ जनामा कोरोना देखिएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ९३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनामा संक्रमण पुष्टि भएको छ।

जसमा कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १२ का चार जना, धनगढी उप–महानगरपालिका वडा नम्वर १ का तीन जना, वडा नम्वर ८ का दुई जना, वडा नम्वर २ का एक जना र जानकी गाउँपालिका वडा नम्वर ६ का एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै, बझाङको खप्तड छान्नाका दुई जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।

डडेल्धुरामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। एक सय ८६ जनाको नमूना परीक्षण गर्दा डडेल्धुरा, बैतडी र दार्चुलाका २६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले बताए।

उनका अनुसार दार्चुलाको मार्मा गाउँपालिकाका २० जना, महाकाली नगरपालिकाका एक जना, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई जना, अमरगढी नगरपालिकाका एक जना र बैतडीको पाटन नगरपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको हो।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय १२ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार सात सय ७५ पुगेको छ। संक्रमण पुष्टि भएका ५ हजार सात सय २४ जनाले कोरोना जितेको दावी गरिएको छ भने १५ जनाको मृत्यु भएको छ।


३ असोज २०७७, शनिवार १७:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु