punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पानी कुलोमा करेन्ट लाग्दा नुहाइरहेका तीन बालबालिकाको मृत्यु, गाउँ शोकमा

Chaupati
safha napa

दाङको घोराहीमा कुलामा नुहाइरहेका तीन बालबालिकाको करेन्ट लागेर मृत्यु भएको छ ।

कुलामा नुहाउँदै गरेका अवस्थामा पानीमा करेन्ट लाग्दा घोराही उपमहानगरपालिका वडा नम्ब्र १० उत्तर अमराईका १० वर्षीया बालिका रेणुका चौधरी, आठ वर्षीय बालक प्रशान्त चौधरी र ३ वर्षीय बालक अमृत चौधरीको मृत्यु भएको हो।

नजिकै एक घरमा मरेको मान्छेको शुद्धशान्तिका क्रममा कुलोबाट पानी तान्नलाई मोटर जोडेको अवस्थामा पानीमा करेन्ट प्रवाह हुँदा तीन बालिकाहरुको मृत्यु भएको दाङ प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले जानकारी दिए।

पानी तान्ने मोटर र घरधनीलाई प्रहरीले नियन्त्रणमा लिएर लिएर अनुसन्धान थालेको छ । एकै गाउँका तीनजना बालबालिकाको करेन्ट लागेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ।


३० भदौ २०७७, मंगलवार २०:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु