punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा आज थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ५४ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १३ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार गोदावरी नगरपालिकाका दुई महिला र सात पुरुष गरी ९ जना र धनगढी उपमहानगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६८ जनाको कोरोना परीक्षण भएकोमा थप १२ जनामा संक्रमण पुष्टि भएको छ। बैतडीका ८, दार्चुलाका तीन र बझाङका एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले जानकारी दिए ।

यस्तै डोटीका थप २९ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४५ जनाको परीक्षण गर्दा २६ सुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय ९० पुगेको छ। हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भइसकेको छ ।


३० भदौ २०७७, मंगलवार १७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु