punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई

Chaupati
safha napa

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिइएको छ।

१२ औं तहका कर्मचारी रहेका कोइरालालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् । प्राधिकरणमा कार्यरत उपकार्यकारी निर्देशकमध्ये कोइराला सबैभन्दा वरिष्ठ छन् ।

वरिष्ठतालाई समेत ख्याल गरेर मन्त्रिस्तरीय निर्णयबाट उपकार्यकारी निर्देशक कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालालाई प्राधिकरणको दैनिक कामकाज सम्हाल्ने गरी जिम्मेवारी तोकिएको हो ।


३० भदौ २०७७, मंगलवार २०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु