punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वास्थ्य मन्त्रालयले भन्यो, ‘अहिले नै निषेधाज्ञा खोल्नु हुन्न’

Chaupati
safha napa

लामो समयको लकडाउन र लगतैको लामो निषेधाज्ञाका कारण उपत्यकामा नागरिकको जनजीवन कष्टप्रद बन्दै गइरहेका बेला स्वास्थ्य मन्त्रालयले भने तत्काल निषेधाज्ञा खोल्न नहुने बताएको छ ।

उपत्यकामा जारी निषेधाज्ञा आज (बुधबार) राति सकिंदै गरेको र नागरिक तहबाट निषेधाज्ञा तत्काल खुलाउनु पर्ने माग बढिरहेका बेला स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको दर अझै घटिनसकेको भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याउने स्थानीय प्रशासनलाई सुझाव दिएको छ ।

काठमायौं उपत्यकाका मेयरहरुले निषेधाज्ञा थप कडा बनाउनु पर्ने, नाकामा सेना परिचालन गर्नुपर्ने काठमाडौं उपत्यकाका तीन जिल्ला, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई सुझाव दिइरहेका बेला स्वास्थ्य मन्त्रालय पनि जनप्रतिनिधिकै पक्षमा देखिएको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्ने बताएका छन् ।

दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने उनले बताएका छन् । उनले भने, ‘उपत्यकामा अहिले यी दुवै मापदण्ड नाघेको छ, त्यसैले अहिले निषेधाज्ञा खोल्नु हुन्न भन्ने हो, तर यस सम्वन्धी निर्णय हामीले होइन, गृह मन्त्रालय अन्तर्गतको स्थानीय प्रशासनले गर्नेछ ।’

मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) प्रमुख डा. गुणराज लोहनीले पनि जनस्वास्थ्यको हिसावले निषेधाज्ञालाई निरन्तरता दिनु पर्ने बताएका छन् ।

उनका अनुसार अहिले पूर्ण रुपमा लकडाउन खोलिदिँदा अस्पताल र चिकित्सकहरुलाई संक्रमित व्यवस्थापन गर्न गाह्रो पर्न सक्छ । उनले भने, ‘अहिले लकडाउन खोल्यो भने संक्रमण झन् बढ्दै जान्छ, अस्पतालमा ठाउँको पनि समस्या हुनसक्छ । त्यसैले पनि एक साता कडा रुपमा निषेधाज्ञा गर्नु नै उचित हुन्छ ।’

उपत्यका नगरपालिका फोरमले सीमाबाट प्रवेश गर्ने नाकामा कडाइ गर्ने र जनजीवन खुकुलो बनाउन पर्ने बताएको छ । उसले यसअघि जस्तै निजी सवारी साधनलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न सुझाव दिएको छ ।

तर कतिपय विज्ञहरुले भने निषेधाज्ञा मात्रै समाधान नभएको भन्दै विकल्प खोजेर अघि बढ्न सुझाव दिएका छन् । उनीहरुले जारी निषेधाज्ञालाई खुकुलो बनाइ जनजीवनलाई सामान्य बनाउन समेत अनुरोध गरेका छन् । तीन सातादेखि जारी निषेधाज्ञाका कारण मजदूर वर्गको जनजीवन कष्टप्रद बनिरहेको छ ।


२४ भदौ २०७७, बुधवार १२:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु