ओली र प्रचण्डबीचबालुवाटारमा रस्साकस्सी

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता जारी छ । भदौ २६ गते बोलाइएकोस्थायी समिति बैठकका लागि एजेन्डा तय गर्न दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

साउन १३ गतेदेखि पटक–पटक स्थगित भएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि पार्टीमा विवाद उत्पन्न भई बैठक स्थगित भएको थियो ।

विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएपछि ओली स्थायी समिति बैठक बोलाउन तयार भएका हुन् ।

ओलीले स्थायी कमिटी र असोज १५ गते बस्ने केन्द्रीय समिति बैठकपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव गरेको बुझिएको छ । तर, प्रचण्डले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको दबाब दिएको बुझिएको छ ।


२४ भदौ २०७७, बुधवार १४:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु