Alok

फेरि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

सुनचाँदीको मूल्य आज फरि बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ९६ हजार चार सय पुगेको छ । सुन हिजो प्रतितोला ९५ आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय १५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


२४ भदौ २०७७, बुधवार १२:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु