punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हामीले लगाइरहेको मास्क कति गुणस्तरीय ? के भाइरस रोक्न सक्छन् ?

Chaupati
safha napa

हामीले लगाइरहेको मास्क कति गुणस्तरीय छ? के भाइरस रोक्न सक्छन्?

हामीले विभिन्न किसिमका मास्क प्रयोग गरिरहेका छौं । पछिल्लो समय नेपालमा पनि मास्कको उत्पादन बढिरहेको छ। तर त्यसको गुणस्तर नाप्ने मेसिन भने छैन।

नेपालमा उत्पादन भैरहेका र आयात भैरहेका मेडिकल सामानको गुणस्तर मापनको व्यवस्था गर्न नसक्दा जोखिम निम्तिरहेको स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन्।

नेपाल मेडिकल काउन्सिलका रजिष्टार कृष्णप्रसाद अधिकारीले विगतमा नेपालबाट भारतमा लगेर यस्ता सामानहरु त्यहाँको ल्याबमा परीक्षण गर्ने गरेको भएपनि अहिले यातायातलाई कारण देखाएर नगरिएको बताउँछन्।

तीन महिना अघि देखि गुणस्तरको विषय उठाइएको भएपनि निर्णय नभएको उनले बताए।

मास्कको मात्र हैन विज्ञहरुले नेपालमा अहिले कोरोना जाँच्न राखिएका ल्याबहरुको गुणस्तर जाँच नभएकोमा प्रश्न उठाएका छन्।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्टार पुष्पराज खनालले पिसिआर राखेपछि पनि त्यसले राम्रो सँग काम गरे नगरेको जाँच्ने काम राज्यबाट नभएको बताउँछन्। जसका कारण फरक फरक ल्याबमा फरक फरक नतिजा आउने गरेको उनले बताए।


२४ भदौ २०७७, बुधवार १०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु