Alok

चलचित्र लेखक तथा निर्देशक गुरुङको निधन

चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । ४२ वर्षका गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो ।

लिभर समस्याका बिरामी गुरुङ अचानक बिरामी भएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो ।

दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए । तत् पश्चात उनले सन् २०१५ को चलचित्र आभाषमा गीत लेख्नुका साथै एक गीतमा संगीत समेत दिएका छन् ।

चलचित्र क्लासिक, डायरी  र ए मेरो हजुर २ लेखेका गुरूङले डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए ।

 


२४ भदौ २०७७, बुधवार १०:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु