Hotel Flora Long Ad

रामारोशनका बाढीपीडितलाई त्रिपुरादेवीको सहयोग

अछामको रामारोशन गाउँपालिकाका बाढीपीडितका लागि अहिले विभिन्न ठाउँबाट सहयोग उठिरहेको छ ।

यसैक्रममा मङ्गलबार अछामकै चौरपाटी गाउँपालिका वडा नम्बर ५ को त्रिपुरादेवी युवा क्लबले राहतस्वरुप आर्थिक सहयोग गरेको छ । क्लबले बाढीपीडितका लागि २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

मुजाबगर पुगेर गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावललाई रकम हस्तान्तरण गरिएको क्लबका कोषाध्यक्ष महेश खड्काले जानकारी दिए । पीडित परिवारलाई थोरै भएपनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको कोषाध्यक्ष खड्काले बताए । उनले विशुद्ध समाज सेवा गर्ने भावनाले स्थापित युवा क्लवले आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोग गर्दै जाने बताए ।

विपत्तिको समयमा निस्स्वार्थ भावनाले सहयोग गरेकोमा गाउँपालिकाका उपाध्यक्ष रावलले त्रिपुरादेवी युवा क्लबलाई धन्यवाद व्यक्त गरिन् । साथै उनले सहयोगी मनलाई क्षमताअनुसार सहयोग गर्न पनि अपील गरिन् ।

युवा क्लबका कार्यसमिति सदस्यहरुले आफै रकम संकलन गरेर पीडितलाई सहयोग गरेको क्लबका कोषाध्यक्ष खड्काले बताए ।

मंगलबार गरिएको आर्थिक सहयोग कार्यक्रममा रामारोशन गाउँपालिका ५ का वडाअध्यक्ष लक्ष्मण परियार, रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत रामबहादुर भण्डारी, नेवि संघका नेता पुष्प बिष्टलगायतको सहभागिता रहेको थियो ।

 

२४ भदौ २०७७, बुधवार ११:२९ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु