punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निषेधाज्ञा तोडेर रथ तान्दा पुल्चोकमा झडप

Chaupati
safha napa

ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन्।

अघिसम्म रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर बनाएकाे छ। सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ। प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसिरहेका छन्।

त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले पनि तनाव कायमै छ । युवाहरुले रथ सडकको बीचमा पुर्‍याएका छन् ।लामो समयदेखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच तानिएको हो।  असार १० गतेबाट रथ निर्माण सुरू भएको थियो। मच्छिन्द्रनाथ  महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन छ।गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन।


१८ भदौ २०७७, बिहीवार १४:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु