punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चीनसँग तनाव बढेपछि सेनालाई भारतको निर्देशन- लिपुलेक क्षेत्रमा विशेष निगरानी गर्नू

Chaupati
safha napa

भारत-चीनबीच तनाव बढ्दै गएपछि नेपाल र भुटानको सीमा क्षेत्रमा विशेष निगरानी गर्न भारत सरकारले आफ्नो सेनालाई निर्देशन दिएको छ ।

२९-३० अगस्तमा पूर्वी लद्दाखको सुशुल भ्यालीमा भारत-चीन सेनाबीच आमने-सामने भएपछि भारतले उत्तरी सीमा क्षेत्रमा उच्च‍ सतर्कता अपनाएको हो ।

चिनियाँ सेनाले सीमा क्षेत्रमा आफ्नो गतिविधि बढाएको भन्दै नेपाल-भारत-चीन ‘त्रिदेशीय नाका’ लिपुलेक क्षेत्रमा विशेष निगरानी गर्न आफ्नो सेनालाई भारतले निर्देशन दिएको स्पुतनिक न्युजले उल्लेख गरेको छ ।

भारतीय सञ्‍चारमाध्यम इकोनमिक टाइम्सले नेपालले पनि लपुलेक क्षेत्रमा भारतीय सेनाका गतिविधिमा निगरानी गर्न आफ्नो सशस्त्र सुरक्षा फौजलाई निर्देशन दिएको जनाएको छ ।

यसअघि भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि नेपाल-भारतबीच तिक्तता उत्पन्‍न भएको थियो । उक्त तिक्तताको परिणाम नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटर नयाँ नक्सा जारी गरेको छ ।

अहिले पनि कालापानीमा भारतीय सेना रहेको छ । कालापानीमा रहेको सेनालाई नै लिपुलेकमा विशेष निगरानी गर्न भारत सरकारले निर्देशन दिएको हो ।

सीमा क्षेत्रमा सेनाको संख्यामा बढोत्तरी
भारतीय सेना जुनेदेखि नै अरुणाञ्‍चल प्रदेशको सीमा क्षेत्रमा सैनिकको संख्या बढाएको भारतीय सुरक्षा स्रोतले रोयटर्सलाई बताएको छ ।

अन्जाव जिल्लामा उत्तरपश्‍चिमी सीमामा सेनाको संख्यामा उल्लेख्य वृद्धि गरेपछि त्यहाँ झडपको सम्भावना बढी भएको जनाइएको छ । तर, सेनाले भने नियमित गस्तीकै लागि सेना तैनाथ भएको जनाएको छ ।

यद्पि भारतीय सेनाका प्रवक्ता लिफ्टिनेन्ट कर्णेल हर्ष वर्दन पाण्डेले नियमित रोटेसनका आधारमा सेना त्यहाँ पठाइएको बताइएको छ । उनले भने, “विशेष गरी यो युनिट परिवर्तन गरिएको हो । यो हरेक पटक हुने गर्छ, त्योभन्दा धेरै केही होइन ।”

त्यसैगरी लद्दाखसँग सीमा जोडिएको क्षेत्रमा भएको पछिल्लो भिडन्तमा आफ्ना कुनै पनि सैनिक नमारिएको भारतले दाबी गरेको छ । अप्रिल अन्तिबाट लद्दाखमा सुरु भएको भारत-चीनबीचको तानातानी जुन १५ को राति गलवान भ्यालीमा हिंसात्मक झडपमा परिणत भएको थियो ।

उक्त झडपमा २० भारतीय मारिएका थिए । चीनले भने आफ्ना तर्फबाट भएको मानवीय क्षतिको कुनै विवरण सार्वजनिक गरेको छैन ।

 


१८ भदौ २०७७, बिहीवार १५:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु