punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाको सुरुवा

Chaupati
safha napa

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको सुरुवा भएको छ । सीमा क्षेत्रको उचित व्यवस्थापन गर्न नसकेको भन्दै गृहमन्त्रालयले उनलाई फिर्ता बोलाएको हो ।

प्रजिअ खतिवडालाई गृह मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा निर्देशन दिएको छ । सीमाको उचित व्यवस्थापन गर्न नसकेको र क्षेत्राधिकार भन्दा बाहिर गएको भन्दै गृहमन्त्रालयले आज बिहानै उनलाई कञ्चनपुबाट सरुवा गरेको जनाएको छ।

कैलालीको मातहतमा रहेको गौरीफन्टा नाकामा गृहमन्त्रालयसंग अनुमती नलिएरै प्रजिअ खतिवडाले भन्सारमा सशस्त्र प्रहरीको अस्थायी बीओपी स्थापना गरेका थिए ।

जबकी त्यहाँ कैलालीका तर्फबाट पहिलेदेखि नै सशस्त्रको बीओपी थियो। आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर भन्सार स्थापना गर्ने, सेनासम्म भन्सारमा परिचालन गर्ने अभिव्यक्ति दिएका थिए ।

गृहमन्त्रालयले कञ्चनपुरमा रामकुमार महतोलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाएको छ ।


१८ भदौ २०७७, बिहीवार १३:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु