नेपालमा कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आज १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ४ महिला र ८ जना पुरुषको सङक्रमणको कारणबाट मृत्यु भएको जानकारी दिए ।
उनका अनसार सङक्रमणबाट मृत्यु हुनेमा मारङ, भक्तपुर, मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका रहेका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९५ पुगेको छ ।
१२ भदौ २०७७, शुक्रवार १६:४९ बजे प्रकाशित































