नेपालमा पछिल्लो २४ घण्टामा थपिए ९ सय २७ कोरोना संक्रमित, १६९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४ सय५६ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ६९ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा २० हजार २ सय ४२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार २ सय १९ रहेको छ ।

विगत २४ घण्टामा १० हजार २ सय २९ जनाको पिसिआर परीक्षण भएको छ ।


१२ भदौ २०७७, शुक्रवार १६:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु