मुख्यमन्त्री भट्टसहित मन्त्रालयका कर्मचारीको कोरोना रिपोर्ट निगेटिभ
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको कोरोना रिपोर्ट निगेटिभ आएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा आज गरिएको परीक्षणमा उनको रिपोर्ट निगेटिभ आएको हो ।
मुख्यमन्त्री भट्टसहित उनको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत कर्मचारीहरुको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्रीसहित कर्मचारीको विहीवार स्वाब संकलन गरिएको थियो ।
यसअघि मुख्यमन्त्रीको सचिवालयका सवारी चालकमा कोरोना देखिएपछि मुख्यमन्त्री भट्टलगायत निजी सचिवालयका कर्मचारी र परिवार सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।
१२ भदौ २०७७, शुक्रवार १८:२४ बजे प्रकाशित































