punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

Chaupati
safha napa

कोरोना संक्रमणबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी ७० वर्षीया महिलाको मृत्यु भएको छ । बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उपचाररत महिलाको मृत्यु भएको हो ।

गत २६ साउनमा कोरोना पोजेटिभ देखिएको यी महिला ३१ साउनमा कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएकी थिइन् । उच्च रक्तचाप र थाइराइडकोे बिरामीसमेत भएकी उनलाई स्वास प्रश्वासको समस्या देखिएको थियो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले सघन उपचार कक्षमा उपचार गर्दा गर्दै बिहीबार बिहान साढे १० बजे निधन भएको जानकारी दिए । उनकाअनुसार अस्पतालमा गएराति पनि कपिलवस्तुका एक संक्रमितको समेत ज्यान गएको थियो ।

 


११ भदौ २०७७, बिहीवार १३:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु