punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रमाणपत्र मुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि बन्द हुने

Chaupati
safha napa

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद(सिटिइभिटी) ले सञ्चालन गरेका प्रमाणपत्र तहभन्दा मुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि बन्द हुने भएका छन् ।

चिकित्सा शिक्षा आयोगको बैठकले सिटिइभिटिको प्रमाणपत्र तह मुनिका र विश्वविद्यालयले सञ्चालन गरेका प्रमाणपत्र तहका स्वास्थ्य शिक्षाका कार्यक्रम यसै वर्षदेखि भर्ना बन्द गर्ने निर्णय गरेको हो ।

चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव तथा प्रवक्ता डिल्ली लुइटेलले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि आयोग बैठकले यस्तो निर्णय गरेको हो ।

सिटिइभिटिबाट प्रमाणपत्र तहभन्दा तल सिएमए, अनमी जस्ता चिकित्सा शिक्षासंग सम्बन्धित कार्यालय सञ्चालन हुँदै आएका थिए ।

विद्यार्थीहरुले एसइई उत्तिर्ण गरेपछि सिधै स्टाफ नर्सलगाएतका चिकित्सा शिक्षाका विषय अध्ययन गर्न पाउने व्यवस्था रहेकोले प्रमाणपत्र मुनिका कार्यक्रम पढ्न आवश्यक नरहेको बताए ।

‘प्रमाणपत्र तह मुनिका कार्यक्रम अध्ययन गरेका विद्यार्थीलाई लक्षित गरेर सरकारी सेवामा समेत बिज्ञापन हुन छाडेको छ,’ उनले भने, ‘एसइइपपछि प्रमाणपत्र तहका कार्यक्रम पढ्न पाइन्छ र त्यो भन्दा मुनि विज्ञापन नहुने भएपछि विद्यार्थीले पढ्ने तर कामको अवसर नहुने भएपछि यस्तो व्यवस्था भएको हो ।’

आयोगको यो निर्णयसंगै सिटिइभिटीको कार्यक्रम सञ्चालन गरेका एक सय ३७ संस्थाका दुई सय ३८ कार्यक्रम बन्द हुने भएका छन् ।

सिटिइभिटिका सदस्य–सचिव पुष्परमण वाग्लेका अनुसार स्वास्थ्य शिक्षाका कार्यक्रम प्रत्येक वर्ष १० हजार विदार्थीले पढ्दै आएका थिए ।

उनले सिटिइभिटिले सरकारको निर्णय कार्यान्वयन गरेको तर प्रमाणपत्र मुनिका स्वास्थ्य शिक्षा कार्यक्रम हटाइएपछि ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा पाउनेमा चुनौती थपिएको उनले बताए ।

अब विश्वविद्यालयका क्याम्पसले सञ्चालन गरेका प्रमाणपत्र तहको नर्सिङलगाएतका कार्यक्रम बन्द हुने भएका छन् ।

विश्वविद्यालयका अन्य कार्यक्रम खारेज भएको वर्षौ हुँदा पनि चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन हुँदै आएका थिए ।

अब प्रमाणपत्र तहका सबै कार्यक्रम सिटिइभिटीबाट सञ्चालन हुने भएका छन भने सिटिइभिटबाट सञ्चालन भएका प्रमाणपत्र तह मुनिका कार्यक्रम यसै शैक्षिकसत्रदेखि बन्द हुने भएका छन् ।

आयोगले स्नातकोत्तर तहको चिकित्सा शिक्षा सम्बन्धी कार्यक्रमक्रमको सिट समेत निर्धारण गरेको छ ।

राष्ट्रिय चिकित्सा ऐनको दफा १५ मा ऐन प्रारम्भ भएपछि परिषदले प्रमाणपत्र तह मुनिका स्वास्थ्य शिक्षा सम्बन्धी कुनै पनि प्राबिधिक कार्यक्रमहरु सञ्चालन नगर्ने उल्लेख छ ।

परिषद्ले सञ्चालन गरेको प्रमाणपत्र तह मुनिका स्वास्थ्य शिक्षा सम्बन्धी कुनै पनि प्राबिधिक कार्यक्रमहरु हटाउने र तोकेको मापदण्ड बमोजिम स्तरोन्तती गरिने उल्लेख छ ।

आयोगका सदस्य–सचिव लुइटेलले प्रमाणपत्र मुनिका स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन गरेका शैक्षिक संस्थाले तोकिएको मापदण्ड पुरा गरेमा मिल्दो विषयमा प्रमाणपत्रको कार्यक्रम सञ्चालन गर्न स्वीकृति पाउने बताए ।

ऐन कार्यान्वयन भएको दुई वर्षभित्रमा स्तरोन्नती गर्न पाउने व्यवस्था भएकामा त्यसका लागि अझ केहि महिना बाँकी रहेको छ ।

 


११ भदौ २०७७, बिहीवार १२:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु