ऊर्जा क्षेत्रका लागि एडीबीले २३ अर्ब ८८ करोड सहुलियत ऋण दिने

  • सियाली विकास बैंक (एडीबी) ले विद्युत् प्रसारण र वितरण प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि २३ अर्ब ८८ करोड रुपैयाँ सहुलियतपूर्ण क्षण दिने भएको छ । यस्तै यो परियोजना कार्यान्वयनका लागि नर्वे सरकारले ४ अर्ब १८ करोड रुपैयाँ सह-वित्तीयकरण अनुदान दिने सहमति गरेको छ ।

सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ सचिव शिशिरकुमार ढुङ्‍गाना र एडीबीका देशीय निर्देशक मुख्तार खामुदखानोभले हस्ताक्षर गरेका छन् । यस्तै परियोजनासम्बन्धी सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र एडीबीका निर्देशक मुख्तारले हस्ताक्षर गरे । यो सहयोगले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि ठुलो सहयोग पुर्‍याउने सचिव ढुंगानाले बताए ।

परियोजनाले ४०० किलोभोल्टमा प्रसारण लाइनको पूर्ण सञ्‍चालन गर्न र भारतसँग सीमापार बिजुली आदान-प्रदान गर्न सब-स्टेसन अपग्रेड गर्नेछ । परियोजनाले प्रदेश २ को गुणस्तर विद्युत् आपूर्तिका लागि पनि सहयोग गर्नेछ । यो प्रदेशमा विद्युतको गुणस्तर कम रहेको र यस प्रदेशका २० प्रतिशत घरपरिवार अझै राष्ट्रिय ग्रिडको पहुँचमा आइसकेका छैनन् ।

एडीबीका निर्देशक मुख्तारले आगामी केही वर्षमा विद्युत् आपूर्तीमा तीव्र वृद्धि आउने अपेक्षा गरिएको बताए ।


११ भदौ २०७७, बिहीवार १३:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु