चालकलाई कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट ‘सेल्फ क्वारेन्टाइन’मा
धनगढी, भदौ ७ । चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा मुख्यमन्त्री निवासका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
चालकलाई कोरोना देखिएपछि मुख्यमन्त्री भट्ट निवासमै सेल्फ क्वारेन्टाइनमा बसेका उनका सकिय सचिव शीवसिंह ओलीले बताए । मुख्यमन्त्रीका चालकलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।
७ भदौ २०७७, आइतवार १६:५० बजे प्रकाशित































