सुदूरपश्चिममा थप ७५ जना कोरोना संक्रमण, बढी कैलालीमा
धनगढी, भदौ ७ । सुदूरपश्चिममा आज थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये कैलाली मात्रै ३२ जनामा संक्रमण देखिएको छ । ३२ जनामा गोदावरी नगरपालिकामा १५ जना संक्रमित फेला परेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, धनगढी उपमहानगरपालिकामा ८ जना, घोडाघोडी नगरपालिका ११ भजनी नगरपालिका २ मा समान ४÷४ जना र जोशीपुर गाउँपालिका २ मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता आज कञ्चनपुरमा पनि कोरोना संक्रमित फेला परेका छन् ।
कञ्चनपुरमा २ जना संक्रमित फेला परेका छन् । उनीहरुको स्थानीय तह खुलाइएको छैन।कञ्चनपुरकै पुर्नवास नगरपालिकामा ६ जना र कृष्णपुर नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय जनाको परीक्षण गर्दा कैलाली र कञ्चनपुरमा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा ४ सय ३० जनाको परीक्षण गरिएकोमा ३३ जनामा कोरोना पोजेटिभ देखिएको हो। संक्रमण पुष्टि हुनेमा अछामको मंगलसेन नगरपालिकाका १७ जना, पञ्चदेवल विनायक नगरपालिकाका ६ जना गरी २३ छन्।
यस्तै डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जना, डडेल्धुराकै अजगमेरु गाउँपालिकाका एक जना, बझाङको केदारस्यूँ गाउँपालिकाका २ जना, बझाङकै बुंगल गाउँपालिकाका १ जना, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका एक जना, बैतडीको पाटन नगरपालिकाका २ जना, बैतडीकै सुर्नया गाउँपालिकाका एक जना र जिल्ला अस्पताल बैतडीका एक जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले बताए।
७ भदौ २०७७, आइतवार १७:४४ बजे प्रकाशित































