सुदूरपश्चिमका मुख्यमन्त्रीका सवारी चालकलाई कोरोना पुष्टि
धनगढी, भदौ ७ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मुख्यमन्त्रीको निवासको गाडी चलाउँदै आएका चालकमा कोरोना देखिएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो।
७ भदौ २०७७, आइतवार १६:१८ बजे प्रकाशित































