punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा एकैदिन १२९ जना संक्रमित थपिए, कैलालीमा धेरै

Chaupati
safha napa

धनगढी, भदौ ४ । सुदूरपश्चिममा आज एकैदिन १ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टामा १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीनवटै ठाउँमा गरेर १ हजार २ सय ११ जनाको कोरोना परीक्षण गरिएको थियो । जसअनुसार कैलालीमा ५०, डोटीमा ३४, अछाममा ३०, कञ्चनपुरमा १४ र डडेल्धुरामा एक जनामा कोरोना देखिएको छ । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६ सय ९४ जनाको कोरोना परीक्षण भएकोमा ६४ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठकाअनुसार धनगढीको परीक्षणमा कैलालीको गौरीगंगा नगरपालिकाका २६, गोदावरी नगरपालिकाका ११, घोडाघोडी नगरपालिकाका १० र भजनी नगरपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार भीमदत्त नगरपालिका कञ्चनपुरका १४ जनालाई पनि कोरोना देखिएको छ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप ४७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन सय ७० जनाको कोरोना परीक्षण भएको थियो । जसमा अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५/१५ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले जानकारी दिए। यस्तै, डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा संक्रमण भएको छ ।

यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ। एक सय ४७ जनाको कोरोना परीक्षण भएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका १८ जना नै डोटीका हुन्। दिपायल सिलगढी नगरपालिका वडा नम्वर ५ का ५ जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर ३, ४ र ८ का एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज श्रेष्ठले बताए।

उनकाअनुसार जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जना र राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक जनामा पनि कोरोना देखिएको छ । इन्चार्ज श्रेष्ठका अनुसार केआईसिंह गाउँपालिकाका एक महिलामा समेत संक्रमण पुष्टि भएको छ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार दुई सय १५ पुगेको छ। सबैभन्दा बढी कैलालीमा एक हजार तीन सय ८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमण पुष्टि भएकामध्ये चार हजार तीन सय बढी व्यक्ति निको भइसकेका छन् । हालसमम सुदूरपश्चिममा १२ जनाको मृत्यु भएको छ।


४ भदौ २०७७, बिहीवार ११:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु