Hotel Flora Long Ad

कञ्‍चनपुरमा पनि निषेधाज्ञा

काठमाडौं, भदौ ४। कोरोना संक्रमण बढ्दै गएपछि कञ्चनपुरमा पनि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

कञ्‍चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले एक विज्ञप्ति जारी गर्दै भदौ ४ गते राति १२ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए ।

विज्ञप्तिमा भनिउको छ, यस जिल्लामा सोको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकोले नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७/०५/०१ को निर्णय बमोजिम संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम मिति भदौ ४ गते राति १२ः०० बजेदेखि भदौ १४ गते राति १२ः०० बजेसम्म कञ्‍चनपुर जिल्लाभर लागु हुने गरी देहाय बमोजिमका गतिविधिहरू गर्नेरगराउने व्यवस्था मिलाउन यो आदेश जारी गरिएको छ ।’

४ भदौ २०७७, बिहीवार १२:१९ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु