punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटी प्रयोगशालाको परीक्षणमा १८ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी, भदौ ४ । डोटी अस्पतालको प्रयोगशालामा आज भएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ। एक सय ४७ जनाको कोरोना परीक्षण भएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

संक्रमित सबै डोटी जिल्लाकै रहेको अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए । उनकाअनुसार दिपायल सिलगढी नगरपालिका वडा नम्वर ५ का ५ जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर ३, ४ र ८ का एकरएक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज श्रेष्ठले बताए।

जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जना र राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक जनामा पनि कोरोना देखिएको उनले बताए। त्यस्तै, केआईसिंह गाउँपालिकाका एक महिलामा समेत संक्रमण पुष्टि भएको उनले जानकारी दिए।


४ भदौ २०७७, बिहीवार १०:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु