बझाङमा पहिरोले घर बगाउँदा दुई बेपत्ता, चार जना घाइते
बझाङ,भदौ ३ । गएराती बझाङको बुङ्गलमा आएको पहिरोमा परेर दुई जन बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन् ।
लगातारको वर्षासंगै गएराति बुङगल नगरपालिका वडा नं ५ मिडीमा पहिरो गएको हो । पहिरोमा परेर घरमाथी बाट आएको पहिरोले स्थानिय प्रताप ताम्राकारको घर बगाएको हो ।
नेपाल प्रहरी र स्थानियको सहयोगमा पहिरोमा परि पुरिएका ३ जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन् । प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको ब्याङलोरमा छन । पहिरोमा परेर ४० बर्षिया श्रीमती पिपला ताम्राकार, १८ बर्षकी छोरी सुनिता र १२ बर्षकि सन्तोसी ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाईते भएका छन ।
घाईते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । १४ बर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका सुदिप ओखेडा बेपत्ता भएका छन । सुदिप केहि दिन अघि आफ्नो फुपुको घरमा आएका थिए ।
दुबै जनाको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले जानकारी दिए ।
गाउँ माथि खोल्लेख लुएटी सडकखण्डबाट पहिरो गएको स्थानीयले बताएका छन् । बेपत्ता भएकाहरूको खोजी कार्य गर्न स्थानीय, नेपाल प्रहरी र नेपाली सेना लागि परेका डिएसपी बमले बताए ।
३ भदौ २०७७, बुधवार ०३:३१ बजे प्रकाशित































