punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रकवि घिमिरेको आज अन्तिम संस्कार गरिने

Chaupati
safha napa

काठमाडौं, भदौ ३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज बिहान  १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। अहिले राष्ट्रकवि निवास लैनचौरमा आफन्त र शुभेच्छुकहरुको जम्मा भएका छन्।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साझ आफ्नै निवासमा निधन भएको हो। उनी गत असोजमा  १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए।

वि.सं. १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन्। राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो।

राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा लोकार्पण कविता संग्रहमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको छ ।


३ भदौ २०७७, बुधवार ०२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु