राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
काठमाडौं, भदौ २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको हो । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख(प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् ।
२ भदौ २०७७, मंगलवार १३:२७ बजे प्रकाशित































