punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीभीएसले ल्यायो युवा लक्षित २०० सीसी ४भी एबीएस अपाचे बाइक, धनगढीमा लन्च

Chaupati
safha napa

धनगढी, भदौ २ । टीभीएसको स्मार्ट कनेक्ट फिचर सहितको नयाँ बाइक अपाचे आरटीआर २०० ४भी एबीएस धनगढीमा लन्च भएको छ । धनगढीका लागि टीभीएस बाइकको आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्स्ले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालबाट सो बाइकको लन्च गरेको हो ।

सो बाइकको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ । बाइकमा नेभिगेसन, लिन एंगल मोड, लो फ्युल इन्डिकेसन, पम्प नेभिगेसन, क्र्यास अलर्ट आदि विभिन्न फिचर प्रयोग गर्न सकिन्छ । स्मार्ट कनेक्ट फिचर र फरक स्टाइल बाहेक सो बाइक बेस्ट–इन–क्लास र फर्स्ट–इन–सेगमेन्ट फिचर रहेका छन् ।

बाइकमा रेसरहरुका लागि उपयोगी हुने रेस टेलिमेट्री रहेको छ । यसमा भएको स्मार्ट कनेक्ट एप प्रयोग गरी रेसरका विभिन्न प्यारामिटर रेकर्ड गर्न सकिन्छ । रेसरले टेलिमेट्री स्क्रोल गरी विभिन्न डाटा हेर्न सक्छन् ।यसलाई टर्न–बाई–टर्न नेभिगेसनको रुपमा प्रयोग गर्न पनि सकिन्छ । सिंगल ट्रिप वा मल्टिपल टुर मोडमा राखेर विभिन्न स्टपहरु नेभिगेट गर्न सकिन्छ । बाटोमा पर्ने हस्पिटल, रेष्टुराँ आदिमा रोकिनका लागि पनि फिक्स गर्न सकिन्छ ।

यो सिष्टमले कल र एसएमएस अलर्ट समेत गराउन सक्छ । राइडरले निश्चित स्विच थिचेर यसको बारेमा जानकारी गराउन सक्छन् । त्यसैगरी बाइकमा इन्धन कम हुँदै गरेको समयमा वार्निङ दिएर सबैभन्दा नजिकको पेट्रोल पम्पको बारेमा समेत जानकारी दिन्छ ।

यसमा भएको क्र्यास अलर्ट सिष्टम अर्को महत्वपूर्ण विशेषता हो । बाइकमा भएको सेन्सरले क्र्यास भएको १८० सेकेन्डमै पत्ता लगाउछ र क्र्यास अलर्ट मोडमा जान्छ । यसले पहिले नै फिक्स गरिएको कुनै इमर्जेन्सी नम्बरमा यसको बारेमा तुरुन्तै लोकेसन सहित जानकारी दिन्छ ।

त्यसैगरी लिन एंगल मोड अर्को महत्वपूर्ण विशेषता हो । रेसरको लिन एंगल थाहा पाउनका लागि यसले फोनमा भएको गाइरोस्कोपिक सेन्सरको प्रयोग गर्छ र लिन एंगल रेकर्ड गर्छ । रेसिङ कन्सोलमा लेवल अफ लिन डिस्प्ले हुन्छ र यो एपमा गएर रेकर्ड हुन्छ । यसलाई पछि रेसरले हेर्न सक्छन् ।

बाइकमा फर्स्ट–इन–फिचरको रुपमा एड्भान्स्ड एबीएस विथ आरएलटी र स्लिपर क्लच रहेको छ । एबीएसले सुपेरियर ब्रेकिङको लागि सहयोग पुर्याउँछ भने आरएलटी अर्थात रियर ह्विल लिफ्ट–अप प्रोटेक्सनले ह्विल लक हुनबाट बचाउछ र उच्च स्तरीय स्टेबिलिटी र कन्ट्रोलका लागि सहयोग गर्छ । त्यसैगरी स्लिपर क्लचले तुरुन्तै बाइक रोक्नु परेको अवस्थामा डाउन सिफ्ट गर्न सहयोग गर्छ र कुनै पनि दुर्घटनाबाट बचाउछ ।

बाइकको स्टाइल पनि रेसिङ खालको छ । यसले रेसिङ स्टाइलको झलक दिन्छ । बाइकमा भएको रेसिङ डेकल्स, ग्राफिक्स र एग्रेसिभ तरिकाले बनाइएको हेडल्याम्पले यसलाई सम्भव बनाएको हो । यी सबैका कारण ट्रयाकमा यो रेस मेसिन जस्तो देखिन्छ । यसमा भएको एलईडी हेडल्याम्प पनि यस्तै प्रकारको छ ।

बाइकमा भएको एयरकुल्ड कम्बसन च्याम्बर टेक्नोलोजीले बाइकको तापक्रमलाई १० डिग्री सेल्सियसले घटाउँछ । त्यसैगरी हाई कम्बसन नानो फ्रिक्स कोटेड पिस्टनले यसको पावरलाई बढाउन भूमिका खेल्छ ।

बाइकमा भएका रेसिङ ओरिजिन स्प्लिट क्र्याडल सिंक्रोनाइज्ड च्यासिस, रेस ट्युन्ड केवाईबी मोनोसक, हाई पर्फमेन्स रेडियल टायर र रेसिङ डबल–ब्यारेल एक्जस्टले बाइकको पर्फमेन्स बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।टीभीएस अपाचे आरटीआर २०० ४भी एबीसमा भएको १९७।७५ सीसीको फोर स्ट्रोक आयलकुल्ड इन्जिनले २०।५ पीएस पावर र १६।८ एनएम टर्क जेनेरेट गर्छ ।

बाइकमा ५–स्पिड गियरबक्स रहेको छ । सो रेस मेसिन ३।९ सेकेन्डमै ० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पिडमा कुद्न सक्छ भने टप स्पिड १२७ किलोमिटर प्रतिघण्टा छ । टीभीएसले यस्ता युवाहरुलाई आकर्षित गर्नका लागि अपाचे सिरिजका बाइकहरु भित्र्याएर विभिन्न फिचर उपलब्ध गराउने प्रयास गरिरहेको छ ।


२ भदौ २०७७, मंगलवार १५:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु