अभिषेक बच्चनको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौँ २४, साउन । चर्चित बलिउड अभिनेता अभिषेक बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गत असार २७ गते पिता अमिताभसँग अस्पतालमा भर्ना भएका अभिषेकको करिब १ महिनामा रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना रिपोर्ट नेगेटिभ आएको बारे अभिषेकले सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् । उनले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको र अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको बताएका छन् ।
उनले आफू र आफ्नो परिवारका लागि प्रार्थना गर्ने सबैलाइ धन्यबाद दिएकाछन् । साथै नानावटी अस्पतालका डाक्टरहरू र नर्सिङ स्टाफहरुलाई समेत धन्यवाद व्यक्त गरेकाछन् ।ु
यसअघि उनका पिता अमिताभ बच्चन, श्रीमती अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनले पनि कोरोनालाई जितेर घर फर्किसकेका छन् ।
२४ साउन २०७७, शनिवार १०:४८ बजे प्रकाशित































