punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बर्दियामा निषेधाज्ञा जारी गर्ने निर्णय

Chaupati
safha napa

बर्दिया, साउन २४ । कोरोना संक्रमण समुदायस्तरमै देखिएपछि बर्दियामा आइतबारदेखि पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

कोरोना संकट व्यवस्थापन समिति बर्दियाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा विहिबार बसेको बैठकले साउन २५ गते आइतबार विहान ६ बजेदेखि साउन २९ गते विहिबारसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला समन्वय समिति संयोजक, ८ वटै पालिका प्रमुख, स्वास्थ्य प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको उपस्थितीमा भएको छलफलबाट आइतबारदेखि बर्दियामा ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

समुदायस्तरका केही व्यक्तिमा कोरोना संक्रमित भेटिएको र समुदायस्तरमा थप भेटिन सक्ने खतरा बढेको भन्दै सर्तकता अपनाउँदै नियन्त्रणका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको उनले बताए ।

निषेधाज्ञाको अवधीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ ।

यसैगरि बर्दियामा ८ वटै पालिकाको सहयोग मार्फत पिसिआर परिक्षण उपकरण जडान गर्ने यसअघिको निर्णयलाई तत्काल कार्वान्वयनमा ल्याउन र पिसिआरको दायरा बढाउने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ । यस्तै एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति पास भएका गाडी पनि सञ्चालनमा रहने बताइएको छ ।


२४ साउन २०७७, शनिवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु