punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मेयरसहित ५५ जनामा कोरोना देखियो, ल्याबका कर्मचारी पनि संक्रमित

Chaupati
safha napa

वीरगञ्ज, साउन २४ । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना संक्रमण भएको छ । नारायणी अस्पताल स्थिति पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा आठ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये तीन जना बारा र एक जना सर्लाहीका छन् । शुक्रबार मृत्यु भएका वीरगञ्ज–३ छपकैयाका ७४ वर्षीय वृद्ध पनि संक्रमितको सूचीमै रहेका व्यक्ति हुन् ।

चण्डी प्रसाद गणका ३२ वर्षीय नेपाली सेनाका जवान र बाराको कलैया–१० घर भएका नारायणी अस्पतालको ल्याबका ३१ वर्षीय पुरुष कर्मचारीमा पनि संक्रमण देखिएको छ । नी नारायणी अस्पतालको ओपीडी ल्याबमा कार्यरत थिए ।

यसैगरी वीरगञ्ज–१० आदर्शनगर घर भएका दुगर ग्रुपका ३७ वर्षीय पुरुष र बाराको मनहर्वा घर भएका ४३ वर्षीया दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पताल क्वाटरका ४५ वर्षीय पुरुष र वीरगञ्ज–४ विर्ताकी २२ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।


२४ साउन २०७७, शनिवार ०८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु