राजस्व कार्यालयका प्रमुख २ लाख रुपैयाँ घूससहित पक्राउ, दिने पनि समातिए

रूपन्देही, साउन २० । राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखसहित दुई जना घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले व्यवसायीसँग लेनदेन गर्दै गरेको गोप्य सूचनाका आधारमा लिने अनुसन्धान कार्यालयका प्रमुख विजय राना र दिने व्यवसायी अनिलकुमार झालाई पक्राउ गरेको हो ।

उनीहरुलाई नियन्त्रणमा लिएरु अनुसन्धान सुरु गरिएको आयोगको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए । रकम दिने गुट्खा र चिनी व्यवसायी हुन् ।

दुवै जनाबाट २ लाख रुपैयाँ नगद पनि बरामद भएको छ ।उनीहरुलाई बुटवल उपमहानगरपालिका–१३ बुद्धनगरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।


२० साउन २०७७, मंगलवार ०९:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु