punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रभुले बचाउनुहुन्छ भन्दै बुवाको शव पाँच दिनदेखि घरमै

Chaupati
safha napa

टीकापुर, साउन २० ।

कैलालीको टीकापुर नगरपालिका– १ को शक्तिनगरकामा २१ वर्षीय ईश्वर डगौराले बुवालाई प्रभुले बताउनुहुन्छ भन्दै शव पाँच दिनदेखि घरमै राखेका छन् । इशाई धर्म र पास्टरको विश्वासमा प्रभुले बाबुलाई बचाउने भन्दै उनले शव सडेर गन्हाउँदासमेत घरभित्र राखेका हुन् ।

मृतकको शव पास्टर चौधरीको घरभित्र भेटिएको छ। उनलाई केही दिनअघि उपचारका लागि त्यहाँ लगेको पाइएको प्रहरीले जानकारी दिएको छ। शुक्रबार ४३ वर्षीय मोतीराम डगौरा थारू बिरामी हुँदा सोही वडाको गणेशपुर शिविरको चर्चमा ल्याइएको थियो ।

सोही दिननै उनको मृत्यु भएको थियो । त्यसै दिनदेखि चर्चका पास्टरले प्रार्थना गर्दै उपचारको बहानामा जिउँदै छन् भन्ने गरेको शक्तिनगरका बड्घर रामलाल चौधरीले बताए ।

शव गन्हाएर सिंगै बस्ती दुर्गन्धित हुँदासम्म ईश्वरले कसैको कुरा नसुनेर शव गन्हाएको नभई बाबुको शरीरबाट पसिना आएको बताउँछन् । मंगलबार पाँच दिन मात्र भएको भन्दै सात दिनमा बाबु उठ्ने उनी बताउँछन् ।

प्रहरीले शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा पु¥याएको छ। अहिले प्रहरीले मृतकका छोरासहित चार जनालाई नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले बताए। घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२० साउन २०७७, मंगलवार १३:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु