प्रदेशसभा सदस्य अम्बिका थापा सडक दुर्घटनामा परेर गम्भीर घाइते
धनगढी , १७ साउन । सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिका थापा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी छिन । धनगढीको बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा उनी सवार मोटरसाइकललाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकी उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । टाउकोमा गहिरो चोट लागेका कारण उनलाइ थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिन लागेको छ।
थापा कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्दै समानुपातिकबाट निर्वाचित सांसद हुन्।
१७ साउन २०७७, शनिवार १३:४३ बजे प्रकाशित































