कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, थप ३१५ जनामा कोरोना पुष्टि
काठमाडौं, साउन १७ । नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । आज थप ३१५ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या २० हजार नाघेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३३८ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १४ हजार ४९२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ९९३ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ३ लाख ८२ हजार ४९० नमुनाको पिसिआर परिक्षण भएको छ ।
त्यस्तै अहिले देशभरमा ११ हजार ५३३ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३३८ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ६ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रसुवा, काभ्रे, संखुवासभा र भोजपुर रहेका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट ५६ जनाको मृत्यु भएको छ ।
१७ साउन २०७७, शनिवार ११:२३ बजे प्रकाशित































