punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि

Chaupati
safha napa

काठमाडौँ, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु २ यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १।५० ले वृद्धि गरेको छ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको निगमले जनाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर रु ९० पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।


१७ साउन २०७७, शनिवार १४:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु