punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढीमा बेपत्ता तीनै जनाको शव फेला

Chaupati
safha napa

धनगढी, साउन १६। कैलालीमा बाढीमा परेर बेपत्ता भएका तीनै जनाको शव प्रहरीले फेला पारेको छ ।

मंगलबार र बुधबार आएको अबिरल वर्षाका कारण आएको बाढीले  बेपत्ता भएका तीनै जनाको शव  प्रहरीले फेला पारेको हो ।

बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने वर्ष ४० का ईश्वर शाह र  वर्ष ३३ का चक्रबहादुर बिकको शव आज फेला परेको हो भने ९ वर्षका स्केल चौधरीको शव बिहिबार बेलुका फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

शाह र बिकको शव बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए ।


१६ साउन २०७७, शुक्रवार १६:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु