punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोले घर पुरिँदा चार जनाको मृत्यु

Chaupati
safha napa

बुटवल, साउन १६ । गुल्मीको रूरू गाउँपालिका– ५ आरिपाटामा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको छ । शुक्रबार राति ८ बजेतिर खसेको पहिरोले स्थानीय बिना माझीको घर पुरेको हो ।

पहिरोले घर पुर्दा माझीसहित उनका तीन सन्तानको ज्यान गएको छ । डेढ वर्षीयादेखि अन्दाजी ७ वर्षका तीन छोराछोरीको मृत्यु भएको स्थानीय मेघराज गिरीले जानकारी दिए।

मृतकको शव स्थानीयले निकालेका छन् । प्रहरी टोली घटनास्थल गैरहेको छ । पहिरोका कारण अन्य तीन घरका बासिन्दा विस्थापित भएका छन् । सो ठाउँमा माझी परिवारका २० घर रहेको बताइएको छ ।


१६ साउन २०७७, शुक्रवार १६:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु