पाँच सय रुपैयाँ लुट्न हत्या, दुईजना पक्राउ

काभ्रे, साउन १६ । काभ्रेमा पाँच सय रुपैयाँ लुटेर एक जनाको हत्या गरिएको छ । हत्या आरोपमा दुई युवक पक्राउ परेका छन् ।

धुलिखेल–११ पातलेखेत आरुबोटका ५४ वर्षीय कामीसिं तामाङलाई पाँचखाल–१० बेलामा लगेर हत्या गरेको आरोपमा प्रहरीले धुलिखेल–११ का २१ वर्षीय सञ्जीव मैनाली र २३ वर्षीय रूपेन्द्रमान लामालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई घटनाको १२ घन्टाभित्रै पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरेका दुई अभियुक्तले गफ गर्दै अलि परसम्म लगेर पाँच सय रुपैयाँ लुटेपछि ढुंगाले हिर्काएर मारेको खुल्न आएको एसपी रविकुमार पौडेलले बताए । गत बिहीबार बिहान तामाङको हत्या गरेपछि घरमै रहेका लामा र ललितपुर पुगेर बसेका मैनालीलाई डीएसपी कुमारविक्रम थापाको टोलीले पक्राउ गरेको हो ।


१६ साउन २०७७, शुक्रवार १५:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु