punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

Chaupati
safha napa

काठमाडौं । ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालका आदिवासी जनजातिहरूले पनि सन् १९९३ देखि प्रत्येक वर्ष अगस्त ९ लाई विशेष नारा र कार्यक्रमसहित आदिवासी जनजातिहरूको अधिकारमुखी आन्दोलनको रूपमा मनाउँदै आएका छन् ।

दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसै गरी आदिवासी जनजाति महासंघले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि कार्यक्रम आयोजना गरेको छ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

संयुक्त राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।


२५ साउन २०८१, शुक्रवार ०९:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु