बाजुरामा भर्‍याङबाट लडेर एक जनाको मृत्यु

बाजुरा, साउन २५ । बाजुरामा घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीबार मृत्यु भएको हो ।

उनको आफ्नै घरको माथिल्लो तलाबाट तल झर्ने क्रममा काठको भर्‍याङबाट (सिडी) लडेर टाउकोमा चोट लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


२५ साउन २०८१, शुक्रवार ०९:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु