बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु

बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको शिवनाथ गाँउपालिका–५ की ३४ वर्षीया बिन्दु चन्दको भिरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार घाँस काट्ने क्रममा कोट भिरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक चन्द महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हुन्। उनी उदयदेव आधारभुत स्वास्थ सेवा केन्द्रमा विगत १३ वर्षदेखि स्वंयमसेविकाको रुपमा कार्यरत थिइन्।


२२ जेठ २०८१, मंगलवार १८:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु