ढाकाकुमारको घुस अडियो विवाद : रास्वपाका महामन्त्री ढकालले मुद्दा हारे

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले रास्वपाको कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठसम्बन्धी मुद्दामा फैसला सुनाएको छ ।

रास्वपाको तर्फबाट महामन्त्री मुकुल ढकालले जनआस्था पत्रिकासहित पाँच जनाविरुद्ध अदालतमा २०८० जेठ १४ गते गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा न्यायाधीश पदमराज पाण्डेयको इजलासले अन्तिम फैसला सुनाउँदै दाबी नपुग्ने फैसला सुनाएको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको सम्बन्धी अडियो विवादमा श्रेष्ठले जनआस्था साप्ताहिक मार्फत दिएको अभिव्यक्ति निराधार,कपोलकल्पित, एवं भ्रामक भएको जिकिरसहित मुकुलले मुद्दा दायर गरेका थिए ।

त्यतिबेला श्रेष्ठले घुस बार्गेनिङ गराउन ढकालसहितको भूमिका रहेका जिकिर सञ्चारमाध्यममार्फत गरेका थिए । उनले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गरेका थिए ।


२२ जेठ २०८१, मंगलवार १८:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु