अमरगढी नगरपालिका वडा नम्बर २ को भवन उद्घाटन

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २ को भवन उद्घाटन गरिएको छ ।

आइतबार एक कार्यक्रमकाबीच अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन गर्दै मेयर जोशीले नगरपालिकाको वडा नम्बर २, ६ र ११ मा वडा कार्यालयको भवन निर्माणका लागि दुई करोड १० लाखमा ठेक्का भएको जानकारी दिँदै समयमै निर्माण सम्पन्न पनि भएको बताए ।

उनले वडा कार्यालयको भवन निर्माण भएसंगै सेवा प्रवाहमा पनि सहज हुने विश्वास व्यक्त गरे । अमरगढी नगरपालिका वडा नम्बर २ का अध्यक्ष हेमराज पन्तले भवन निर्माणमा भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिए ।

भवन उद्घाटन कार्यक्रममा अमरनगढी नगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न शाखाका प्रमुख र स्थानीय बासिन्दालगायतको सहभागिता रहेको थियो ।


२२ जेठ २०८१, मंगलवार १९:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु