punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुधकोशी किनारमा जिप खस्यो, एक जनाको मृत्यु

Chaupati
safha napa

काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको हो ।

दुर्घटनामा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

दुर्घटनामा अन्य यात्रुहरु घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको प्रहरीले जनाएको छ ।


१७ वैशाख २०८१, सोमवार १२:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु